२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गुडिरहेको बसमा एक्कासि आगलागी, सबै यात्रु सुरक्षित

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासि आगलागी भएको छ । हेटौंडाबाट काठमाडौ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेतिर एक्कासि आगो लागेको हो ।

गुडिरहेको बसमा एक्कासि आगलागी, सबै यात्रु सुरक्षित

आगलागीबाट बसमा पूर्ण रुपमा क्षति पुगे पनि सबै यात्रु सुरक्षित रहेको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ । बसमा १७ जना यात्रु रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षण भोजराज पाण्डेले जानकारी दिए ।

धुनीवेसी नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टा लगाएर आगो निभाइएको थियो ।


प्रकाशित : आश्विन २६, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?