१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आत्महत्या दुरुत्साहन मुद्दाका आरोपीलाई पुर्पक्षका थुनामा राख्‍न आदेश

टीकाप्रसाद भट्ट

रामेछाप — आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका ३ जनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दाका आरोपीलाई पुर्पक्षका थुनामा राख्‍न आदेश

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले खाँडादेवी गाउँपालिकाका शिक्षक भोजबहादुर भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका भटौलीका गुणराज तामाङ, सहदेव मगर र प्रदिप भन्ने जफलबहादुर गोलेलाई पुर्पक्षमा राख्न आदेश दिएको हो ।

भण्डारीले आत्महत्या गर्नुअघि छोडेको पत्रमा उनीहरुको नाम उल्लेख गरेका थिए । परिवारजनले सोही पत्रका आधारमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट आदेश आएपछि तीनै जनालाई रामेछाप कारागार पठाइएको बताए ।

प्रकाशित : आश्विन २५, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?