१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

कान्तिपुर संवाददाता

चितवन — कोरोना भाइरसको संक्रमण देखिएका ४७ वर्षका एक पुरूषको शनिबार साँझ भरतपुर अस्पतालमा निधन भएको छ । सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका १ का ती पुरूष ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शुक्रबार अस्पताल भर्ना भएका थिए । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालले कोभिड आईसीयूमा राखेर उपचार सुरू गरेको थियो । उनको शनिबार साँझ साढे ६ बजे निधन भएको सूचना अधिकारी पौडेलले बताए । चितवनमा योसँगै कोरोना भाइरस संक्रमण देखिएका ३१ जनाको निधन भएको छ ।

प्रकाशित : आश्विन २४, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?