दुप्चेश्‍वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कोरोना संक्रमण

कृष्ण थापा

नुवाकोट — दुप्चेश्‍वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अन्‍जु आचार्यसहित १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुप्चेश्‍वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कोरोना संक्रमण

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि ७ दिनका लागि कार्यालय बन्द गरिएको छ । होम आइसोलेसनमा बसेको अध्यक्ष तामाङका अनुसार बुधबार उनीहरुको स्वाब लिएको थियो ।

त्यसैगरी सदरमुकाम विदुर नगरपालिका-२ को नुवाकोट दरबार क्षेत्र र बट्टारको दम्की क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार मात्र नुवाकोटमा २४ जनामा कोरोना संक्रमण देखिएको छ । विदुर नगरपालिका र दुप्चेश्वर गाउँपालिकामा १०/१० जना, ककनीमा ३ जना र तारकेश्वरमा १ जना देखिका छन् ।

नुवाकोटमा हालसम्म १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन २४, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?