१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नुवाकोटमा नियम मिचेर फार्मेसी चलाउनेहरू कारबाहीमा

कृष्ण थापा

नुवाकोट — जिल्लामा नियमविपरीत मेडिकल र औषधि पसल चलाउनेहरू कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभाग काठमाडौं र जिल्ला प्रहरी कार्यालयको टोलीले तीनवटा पालिकामा अनुगमन गरी त्यस्ता मेडिकल तथा फार्मेसी सिल गरेको हो ।

टोलीले म्यागङ गाउँपालिका, तादी गाउँपालिका र सदरमुकामस्थित विदुर नगरपालिकाका मेडिकल तथा फार्मेसीको अनुगमन गरेको हो ।

म्यागङ–३ देउरालीस्थित छायानाथ मेडिकल र देउराली फार्मेसी दर्ता नै नरहेको पाइएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै टोलीले विदुर नगरपालिका–२ स्थित सापकोटा मेडिकल हल, वडा नं ४ का सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक र विदुर फार्मेसी, वडा नं १ समीर फार्मेसीले बिलबीजक जारी नगरी औषधि बेचेको फेला पारेको छ । तिनका सञ्चालकलाई उपभोक्ता हित संरक्षण ऐनबमोजिम जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त जरिवाना रकम सात दिनभित्र बैंकमा दाखिला गरिसक्न टोलीले निर्देशन दिएको छ ।

यसै गरी खरिद बिल नरहेका तादी–३ स्थित तादी फर्मा र दुप्चेश्वर फार्मेसीका सञ्चालकलाई १० हजार जरिवाना तोकिएको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?