१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सिन्धुली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

राजकुमार कार्की

सिन्धुली — स्वास्थ्यकर्मीहरू कोरोनाबाट संक्रमित भएपछि बुधबार सिन्धुली अस्पतालका आकस्मिक र प्रसूतिबाहेकका सेवा अनिश्चित काललाई बन्द गरिएका छन् ।

सिन्धुली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार केही कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले आपत्कालीन उपचारबाहेकका सेवा बन्द गरिएको हो ।

यसअघि सिन्धुली अस्पतालमा कार्यरत ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये सात जना निको भइसकेका छन् भने दुई जना आइसोलेसनमा छन् । मंगलबार जिल्लामा सबैभन्दा बढी ९ महिला र १८ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको थियो । सिन्धुलीमा हालसम्म १ सय ४ पुरुष र २९ महिला गरी १ सय ३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : आश्विन २१, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?