कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लागूऔषधसहित मकवानपुरमा दुई जना पक्राउ

सुवास विडारी

हेटौंडा — मकवानपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडकखण्डमा भीमफेदी–२, भैंसेबाट प्रहरीले लागूऔषध नाइट्रोभेटसहित २ जना पक्राउ गरेको हो । 

लागूऔषधसहित मकवानपुरमा दुई जना पक्राउ

प्रहरी चौकी भैंसेबाट प्रहरी नायव निरीक्षक कुलबहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा ९६ प ३२८५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा ८७० ट्याबलेट नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक प्युठान मल्लरानी गाउँपालिकाका सतिश दमाल मगर र सोही मोटरसाइकलमा सवार कालीकोट घोचायबाडा गाउँपालिकाका बज्र रोकाया रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित : आश्विन २०, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?