सडेको मासु बेचेको भन्दै वधशाला सञ्चालक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — नीलकण्ठ नगरपालिकाको अनुदानमा सञ्चालित पशु वधशालाबाटै सडेको मासु बिक्री भइरहेको पाइएको छ । प्रहरीले बिहीबार वधशाला सञ्चालक टेकबहादुर गुरुङलाई पक्राउ गरेको छ । मासु ढुवानी गर्न प्रयोग हुँदै आएको बा३ख २९२५ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको छ ।

सडेको मासु बेचेको भन्दै वधशाला सञ्चालक पक्राउ

गुरुङ सदरमुकामस्थित नमल फ्रेस हाउसका समेत सञ्चालक हुन् । बिहीबार बिहान बीचबजारस्थित आधा दर्जन मासु पसलहरूमा वधशालाबाट ल्याइएको मासु झार्ने क्रममा दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सदरमुकाममा जथाभाबी राँगाभैंसी काट्न रोक लगाउँदै नगरपालिकाले २०७५ असोजमा वडा नं ८ मा आधुनिक पशु वधशाला निर्माण गरेको थियो । प्रदेश सरकारको अनुदानमा सञ्चालित वधशालासमेत स्वस्थ नभएको भन्दै नगरले यही वधशालामा मात्रै राँगाभैंसी काट्ने प्रबन्ध मिलाएको थियो । नगरपालिकाले स्वच्छ मासु प्रवर्धन गर्न पशु वधशालालाई साझेदारी कार्यक्रमअन्तर्गत २७ लाख अनुदानसमेत दिएको थियो ।

प्रकाशित : आश्विन १५, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?