कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेको मण्डनदेउपुरमा कांग्रेसको धर्ना

कान्तिपुर संवाददाता

काभ्रे — आफ्ना मागहरु पूरा नभएको भन्दै कांग्रेसले मण्डनदेउपुर नगरपालिकामा बुधबार धर्ना दिएको छ । विकास निर्माण तथा सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, अनियमितता, दलगत विभेद अन्त्यका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नगरप्रमुख सुझावको बेवास्ता गर्दै एकलौटी अघि बढेकोले धर्ना दिएको नगर सभापति रामहरि सापकोटाले जानकारी दिए । 

काभ्रेको मण्डनदेउपुरमा कांग्रेसको धर्ना

धर्नामा सहभागी कांग्रेस नेता–कार्यकर्ताले संघीयताको दुरुपयोग नगर्न, किसानलाई मल बीउ समयमा नै उपलब्ध गराउन, कोरोना पीडित जनतालाई सम्पूर्ण कर मिनाहा गर्न, जनता विरोधी कदम बन्द गर्न र विकासका काममा भएको भ्रष्टाचार छानबिन गर्नुपर्नेजस्ता नारा लगाएका थिए ।

कांग्रेसले बैठकमा फरक मत राख्न समेत नदिएको, बैठकका निर्णय नदिएको, नगरपालिकालाई दिर्घकालीन आर्थिक बोझ पर्ने गरी शिक्षकको रुपमा कार्यकर्ता भर्ती गर्न ऐन ल्याएको, दलगत आधारमा शिक्षकलाई जिम्मेवारी दिएको र सरुवा गरेको, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार गरेको, नगरका सवारी साधनको चरम दुरुपयोग गरेको लगायतका आरोप लगाएको छ ।

नगरप्रमुखका प्रत्यासी समेत रहेका कांग्रेस जिल्ला उपसभापति अच्युतप्रसाद पौडेलले सुधार नभए अझ शसक्त आन्दोलनमा जाने चेतावनी दिए । यसअघि कांग्रेसले असार ९ गते ३६ बुँदे मागसहितको ज्ञापन पत्र र भदौ २६ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रकाशित : आश्विन १४, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?