मकवानपुरमा ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु

कान्तिपुर संवाददाता

मकवानपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेनजिक सोमबार दिउँसो ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट चामल बोकेर हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ४१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याकटरलाई ठक्कर दिँदा ट्याकटर चालक बाराको परवानीपुरका २२ वर्षीय लालबाबु यादवको दुर्घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते ३ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित : आश्विन १२, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?