कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कान्तिपुर संवाददाता

मकवानपुर — पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–चितवनको खण्डको मनहरी गाउँपालिका–९, खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना.४३ प ७२ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ४६५२ नम्बरको ट्रकसँग शनिबार अपरान्ह ५ बजेको समयमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा रतनपुरका ३० वर्षीय सूर्य स्याङ्तान रहेका छन् ।

उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बारा बस्ने अन्दाजी १८ वर्षीया बिनिता स्याङ्तान घाइते भएकी छिन् । उनलाई उपचारका लागि चुरेहिल अस्पतालमा ल्याइएको र अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?