कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मकवानपुरको विमिरे र ज्यामिरे खोलामा एक-एक शव फेला

सुवास विडारी

मकवानपुर — मकवानपुरको छुट्टाछुट्टै स्थानमा खोलाले बगाएको अवस्थामा दुई वटा शव फेला परेको छ । शनिबार बिहान मकवानपुरको कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सीमामा पर्ने विमिरे खोलामा एक पुरुषको फेला परेको र अहिले इलाका प्रहरी कार्यालय पालुङको टोली त्यसतर्फ गएको प्रहरीले जनाएको छ ।

‘घटनास्थल पुुुुग्न पालुङबाट करिब ४ घण्टा लाग्ने भएकोले घटनाको थप विवरण भने प्राप्त हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा पनि एक महिलाको शव फेला परेको र अहिले त्यसतर्फ इलाका प्रहरी कार्यालय कार्यालय नेवारपानीबाट प्रहरी टोली गइसकेको राठौरले बताए । उनका अनुसार अन्दाजी ४५ वर्षीया महिलाको शव खोलामा फेला परेको हो ।

प्रकाशित : आश्विन १०, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?