कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मकवानपुरको मनहरीमा इनारमा डुबेका दुवै मृत फेला

सुवास विडारी

मकवानपुर — मनहरी–७ मा बिग्रिएको मोटरपम्प बनाउने क्रममा इनारमा डुबेका दुवै जना मृत फेला परेका छन् । मनहरी बजारस्थित साह पार्टी प्यालेसको इनारभित्र राखिएको पानी तान्ने मोटरपम्प बिग्रिएपछि बनाउन पसेका उनीहरू मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पार्टी प्यालेस सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि उनलाई निकाल्न इनारमा पसेका थिए । उनीहरूको शव चितवन टाँडीबाट आएको नेपाली सेनाको टोलीले निकालेको थियो । दुवै शव पोस्टमार्टमका लागि हेटौंडा ल्याइएको छ ।

दुवै जना बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका २७ वर्षीय आनन्द लो पनि बीचैमा अचेत भएका थिए । उनलाई तत्काल मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएकोमा अहिले होस खुलिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?