कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणीले बगायो गैंडा

रमेशकुमार पौडेल

चितवन — लगातारको वर्षापछि नारायणी नदी उर्ल‌ंदा चितवन राष्ट्रिय निकुञ्जका जनावरलाई पनि असर गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले गैंडाको एउटा बच्चालाई नारायणीले बगाएको जानकारी दिए ।

‘नदीको भेलले जनावर बग्ने जोखिम रहन्छ । हिजो नारायणी नदी उर्लेको थियो । गैंडाको एउटा तीन–चार वर्षको बच्चा बग्यो भन्ने छ,’ उनले भने । नवलपरासीको पश्चिम बहुवनबाट गैंडाको बच्चा बगेको हो । यसरी बगेका गैंडा भारतीय क्षेत्रसम्म पुग्छन् । नदीमा बगेपछि मर्ने खतरा पनि रहन्छ । ०७४ सालको साउनमा आएको बाढीमा बगेर चितवन निकुञ्जका १० वटा गैंडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले त्यसरी बगेका र ज्यूँदै रहेका गैंडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?