मकवानपुरको मनहरीमा इनारमा डुबेर दुई जना बेपत्ता- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको मनहरीमा इनारमा डुबेर दुई जना बेपत्ता

सुवास विडारी

मकवानपुर — मनहरी–७ मा इनारमा पसेका २ जना हराएका छन् ।  मनहरी बजारमा रहेको साह पार्टी प्यालेसको इनारभित्र राखेको पानी तान्ने मोटरपम्प बिग्रिएपछि बनाउन गएका दुई जना हराएका हुन् ।

पार्टी प्यालेस सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली उनलाई निकाल्न इनारमा पसेका थिए । दुवै बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएपछि स्थानीयले उद्धार गरेका थिए ।

उनको उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । ‘पानीमा डुबेकाहरुको अवस्था अज्ञात रहेको र उद्धारका लागि सबै तयारी भइरहेको छ । अहिले पानी फालिरहेका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

त्रिभुवन राजपथको पहिरो पन्छाइयो

सुवास विडारी

मकवानपुर — पहिरो कारण अवरुद्ध रहेको त्रिभुवन राजपथमा शुक्रबार बिहानदेखि यातायात सञ्चालन भएको छ ।

अविरल वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत् भीमफेदी गाउँपालिका–३, झिरघारीमा पहिरो जाँदा बिहीबार दिउँसो २ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले बाटोमा रहेको ढुङ्गा तथा लेदो पन्छाएपछि विहान १० बजेबाट बाटो सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ भएर सवारी हेटौंडा–काठमाडौं ओहोरदोहोर भइरहेका छन् ।

मकवानपुरमा भएर काठमाडौं प्रवेश गर्ने भीमफेदी–कुलेखानी तथा कान्तिराजपथमा पहिरो कारण अझै अवरुद्ध हुँदा सडकमा यातायात आउजाउ बन्द अवस्थामा रहेको छ । हाल भीमफेदी–कुलेखानी सडकखण्डको अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×