त्रिभुवन राजपथको पहिरो पन्छाइयो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन राजपथको पहिरो पन्छाइयो

सुवास विडारी

मकवानपुर — पहिरो कारण अवरुद्ध रहेको त्रिभुवन राजपथमा शुक्रबार बिहानदेखि यातायात सञ्चालन भएको छ ।

अविरल वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत् भीमफेदी गाउँपालिका–३, झिरघारीमा पहिरो जाँदा बिहीबार दिउँसो २ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले बाटोमा रहेको ढुङ्गा तथा लेदो पन्छाएपछि विहान १० बजेबाट बाटो सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ भएर सवारी हेटौंडा–काठमाडौं ओहोरदोहोर भइरहेका छन् ।

मकवानपुरमा भएर काठमाडौं प्रवेश गर्ने भीमफेदी–कुलेखानी तथा कान्तिराजपथमा पहिरो कारण अझै अवरुद्ध हुँदा सडकमा यातायात आउजाउ बन्द अवस्थामा रहेको छ । हाल भीमफेदी–कुलेखानी सडकखण्डको अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

भेस्पा र अप्रिलियाको चाडबाड योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले दसैंतिहारलाई लक्ष्य गरी दसैंतिहार योजना सार्वजनिक गरेको छ ।

भेस्पा र अप्रिलियाले सुरक्षित यात्राका लागि सुरु गरेको यो योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

१५० सीसीको भेस्पा खरिदमा १० हजार रुपैयाँ बराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराइनेछ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×