३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पहिरोबाट ट्याक्सी खस्यो

धादिङ — काठमाडौंबाट सुत्केरीलाई लिएर बिहीबार साँझ धादिङबेंसीतर्फ आउँदै गरेको परिवार सवार ट्याक्सी पहिरोबाट खस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुत्केरीका आफन्त गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएका छन् । 

पहिरोबाट ट्याक्सी खस्यो

मलेखु–फुर्केखोला–धादिङबेंसी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट बा१ज १२६२ नम्बरको ट्याक्सी अन्दाजी १ सय ५० मिटर तल खसेर थोपलखोला खेतमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले बताए । उक्त स्थानमा गत साउन ५ को अविरल वर्षाले पहिरो गएको थियो । जोखिमपूर्ण रहेको उक्त स्थानमा पहिरो छिचोलेर सवारी चल्ने गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ २३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?