३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चितवनमा थपिए १ सय २९ कोरोना संक्रमित

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा दुई छुट्टाछुट्टै प्रयोगशालामा भएको कोरोना भाइरसको परीक्षणमा चितवनका १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार भएको परीक्षणमा ४ सय ७९ नमुनामध्ये १ सय ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये १ सय २६ जना चितवनका छन् । अन्य १४ जना चितवन बाहिरका व्यक्तिहरु रहेको अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।

चितवनमा थपिए १ सय २९ कोरोना संक्रमित

भरतपुरको सरकारी अस्पतालको प्रयोगशालामा बुधबार नै भएको १ सय ४९ वटा नमुनाको परीक्षणमा तीन जनामा संक्रमण भेटिएको थियो । उनीहरु तीनजना नै चितवनका थिए । दुईवटा प्रयोगशालामा भएको परीक्षणपछि चितवनका मात्रै एकै दिन १२९ जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण नतिजा दुवै अस्पतालले बिहीबार सार्वजनिक गरेका हुन् ।

चितवन जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार बुधबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या एक हजार ५ सय ५६ रहेको थियो । संक्रमितमध्ये चितवनका १८ जनाको निधन भएको छ । संक्रमण देखिएकामध्ये ७ सय ८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?