२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पृथ्वी राजमार्ग दिनभर अवरुद्ध

हरिहरसिंह राठौर

गजुरी — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी ५ गलौदीमा गएको पहिराले बुधबार दिनभर सवारी आवागमन अवरुद्ध भएको छ । सवारी अवरुद्ध भएपछि काठमाडौंतर्फबाट विभिन्न जिल्लाका लागि छुटेका सयौं सवारी साधनहरु राजमार्गमै अलपत्र परेका छन् । गजुरीकै वडानं १ सोतीखोला मोटमा बालुवा खानीबाट आएको पहिरोले कल्भर्ट पुल पुरिएपछि उक्त स्थानमा समेत राजमार्ग अवरुद्ध भएको छ । 

पृथ्वी राजमार्ग दिनभर अवरुद्ध

बुधबार बिहानको पहिरो पन्छाउँदा पन्छाउँदै थप पहिरो गएपछि राजमार्गमा झन समस्या भएको गजुरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्‍वराज खड्काले बताए । उनका अनुसार चिप्लो लेदो पन्छाउन सडक विभाग र स्थानीयसमेतका ५ वटा डोजर र एक्स्काभेटर प्रयोग गरिएको छ । उनले बाटो खुलाउने प्रयास साँझ सम्मै जारी रहेको बताए ।

मंगलबार रातिदेखिकै अविरल वर्षातपछि झरेको पहिरोले २ वटा मालवाहक कन्टेनर समेत च्यापिएका छन् ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको छ भने काठमान्डौतर्फ जाँदै गरेको एच आर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि हिलोमा दबिएको छ ।


प्रकाशित : आश्विन ७, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?