१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पहिरोले नारायणगढ-मुग्लिन सडक ठप्प

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकमा बुधबार दिउँसो पहिरो जाँदा राजधानी काठमाडौं जाने-आउने गाडीहरु रोकिएका छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार इच्छाकामाना गाउँपालिका–६ चार किलोमा दिउँसो साढे ४ बजे पहिरो खसेको हो । जसका कारण दुईतर्फी नै गाडी चल्न सकेका छैनन् । 

पहिरोले नारायणगढ-मुग्लिन सडक ठप्प

निरन्तर वर्षा भइरहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले बताएको छ । वर्षा केही दिन निरन्तर रहने भएकोले उक्त सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

नारायणगढ मुग्लिन सडकमा पहिरोको अत्याधिक जोखिम छ । वर्षा लागेपछि निरन्तर पहिरो गएर लामो समय बाटो बन्द हुने गरेको छ । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो ।

प्रकाशित : आश्विन ७, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?