कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रामेछापका सामुदायिक विद्यालयमा पठनपाठन सुरु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापका सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु भएको छ । जिल्लाका सुनापति र खाँडादेवी गाउँपालिकामा पठन पाठन सुरु भएको हो । 

रामेछापका सामुदायिक विद्यालयमा पठनपाठन सुरु

सुनापतिको दिमीपोखरी अग्लेश्वर माविका प्रधानाध्यापपक चन्द्र घिसिङका अनुसार विद्यालय खोले पनि कक्षा सञ्चालन नगरिएको बताए । उनका अनुसार कक्षा १ देखि ५ सम्म, ६ देखि ८ सम्म र ९ देखि १० सम्मका बालबालिकालाई तीन सिफ्टमा विद्यालयमा बोलाएर अभ्यास दिने र पर्सिपल्ट पुनः बोलाउने गरिएको छ । पालिकाले सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको उनले बताए ।

बाल आधारभूत विद्यालय बेथानका अनन्त चालिसेका अनुसार थोरै विद्यार्थी भएकाले कक्षामा राखेर गृहकार्य दिन थालिएको बताए । ‘पठन पाठन नै त नभनौं गृहकार्य दिएर विद्यालयमा बानी बसाउन थालेका हौं,’ उनले भने,'शिक्षकहरुलाई भने विद्यालयमा अनिवार्य गराइएको छ ।'

पश्चिमी रामेछापको खाँडादेवी गाउँपालिकाका सबै विद्यालय सञ्चालनमा आएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवहरी खत्रीले विद्यालयबाटै सिकाइ सहजीकरण गर्न भनेको बताउ । 'सिकाइ सहजीकरण चौरमा बसेर नै गर्नुपर्छ भन्ने छैन,' उनले भने,'शिक्षकलाई सहज जे हुन्छ त्यहि गर्ने हो । 'दोरम्बा गाउँपालिकाले पनि आइतबारदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा असोज १ मा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराईले विद्यालय सञ्चालनमा हतारो गर्नु नहुने बताए । नेपाल सरकार र संकट व्यवस्थापन केन्द्रको निर्णय नभै विद्यालय सञ्चालन गर्नु हतारो भएको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?