कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय वनमा पसेर रूख ढाल्ने पाँच जना पक्राउ

सुवास विडारी

मकवानपुर — राष्ट्रिय वनक्षेत्रभित्रै अवैध रूपमा सालको रूख ढालेर चिरान गरिरहेका पाँच जनालाई डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ गरेको छ । रेन्जर यामकुमार श्रेष्ठको कमान्डमा खटिएको गस्ती टोलीले सोमबार जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बकैया–१ डाङडुङे राष्ट्रिय वनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय वनमा पसेर रूख ढाल्ने पाँच जना पक्राउ

डिभिजन वन प्रमुख इमनाथ पौडेलका अनुसार पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–२ का अञ्चित माझी, लालबाबु चौधरी, सत्यनारायण चौधरी, गुजरा–९ का सोहन माझी र वीरेन्द्र चौधरी छन् । ‘अझै एक जना फरार छन् । हामी खोजी गरिरहेका छौं’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : आश्विन ६, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?