२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्षतिग्रस्त टावर नबनाइँदा राक्सिराङमा टेलिकमको मोबाइल सेवा ठप्प

सुवास विडारी

मकवानपुर — चार महिनाअघि हावाहुरीले बिगारेको टावर मर्मत नगरिँदा मकवानपुरको विकट भेग राक्सिराङ गाउँपालिका–१ मा नेपाल टेलिकमको मोबाइल सेवा ठप्प भएको छ । 

क्षतिग्रस्त टावर नबनाइँदा राक्सिराङमा टेलिकमको मोबाइल सेवा ठप्प

जेठ १३ गतेको हावाहुरीले राक्सिराङ–२ स्थित भाँटीथुम्कीमा रहेको टावरमा क्षति पुर्‍याएको हो । नेटवर्क नै टिप्न छाडेपछि स्थानीयले टावर मर्मतका लागि टेलिकमलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ ।

राक्सिराङ–१ का इन्द्रुङ, बरेटार, बिरालीटार, बाराङ, कुभिन्टार, घ्याङसिङटार, भुमेथुम, हेटौंडा–१९ का सिरानचोक, कुवापानी, बेसीटोल, बाँसघारी, सेरसेर, खोल्माडाँडालगायत क्षेत्रमा जेठ १३ देखि टेलिकमको नेटवर्क नरहेको वडाध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिए ।

पटकपटक आग्रह गर्दा पनि टावर मर्मत नगरिएपछि रुम्बाको नेतृत्वमा करिब ३ दर्जन स्थानीय नेपाल टेलिकमको हेटौंडा शाखामा डेलिगेसनसमेत गइसकेका छन् । नेपाल टेलिकम हेटौंडाका इन्जिनियर रितिक तिवारीले टावर निर्माणका लागि केही दिनमै प्राविधिक पुग्ने बताए । नयाँ टावर निर्माणका लागि पनि सर्भेको तयारी भइरहेको टेलिकमले जनाएको छ ।


प्रकाशित : आश्विन ६, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?