१०४ केजी गाँजासहित मकवानपुरका ३ जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले १०४ केजी गाँजासहित मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित राक्सिराङ गाउँपालिकाका ३ जनालाई नियन्त्रणमा लिएको हो ।

१०४ केजी गाँजासहित मकवानपुरका ३ जना पक्राउ

प्रहरीले मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरबाट पूर्वपश्चिम राजमार्गतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा राक्सिराङ–९ का २६ वर्षीय रुप खड्का, ३० वर्षीय टलकबहादुर घलान र राक्सिराङ–४ का २७ वर्षीय मदन कोइरालालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजासहित पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रकाशित : आश्विन ६, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?