१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तेल बोक्ने ट्यांकर त्रिशूलीमा खस्यो

चालक र सहचालक सकुशल
हरिहरसिंह राठौर

धादिङ — शनिबार मध्यराति  पृथ्वी राजमार्गस्थित धादिङ गल्छी गाउँपालिका–६ सत्केरी ढुङ्गामा काठमाडौं जाँदै गरेकाे डिजेल ट्यांकर सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ  ।

तेल बोक्ने ट्यांकर त्रिशूलीमा खस्यो

नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४ख २८२२ नम्बरकाे डिजेल ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको थियो । पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताएका थिए ।

यसैबीच ट्यांकरका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय सुजित बोहोरा र सहचालक सकुशल रहेको र सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

उद्धार कार्यमा राजमार्ग सुरक्षा पोस्ट आदमघाटबाट सशस्त्र प्रहरीको टोली र गजुरीबाट नेपाली सेनाको फायर फाइटिङ टोली समेत खटिएको थियो ।

प्रकाशित : आश्विन ४, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?