रत्ननगरका मेयर वनलाई कोरोना संक्रमण

रमेशकुमार पौडेल

चितवन — रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण भएको छ । भदौ २८ गते स्वाब संकलन गरिएकोमा बिहीबार राति रिपोर्ट आउँदा कोरोना पुष्टि भएको हो । आफूलाई कोरोना संक्रमण भएको जनाउँदै वनले अहिलेसम्म कुनै लक्षण भने नदेखिएको बताए ।

रत्ननगरका मेयर वनलाई कोरोना संक्रमण

चितवन जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरणमा जिल्लामा कुल संक्रमितको संख्या एक हजार ३ सय ६२ पुगेको थियो । सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा ९ सय २० जना छन् । त्यसपछि रत्ननगर नगरपालिकामा १ सय ५६ जना छन् ।

प्रकाशित : आश्विन २, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?