कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेका एक कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लाका एक कोरोना संक्रमितको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । २७ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका पनौती नगरपालिका-३ का ४१ वर्षका ती व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा २८ गते स्वाब संकलन गरिएको थियो ।

काभ्रेका एक कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

२९ गते कोरोना संक्रमण पुष्टि भएको र प्यान्कृयाजको समेत समस्या भएका उनको भदौ ३० गते मंगलबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

यसअघि जिल्लामा कोरोनाका कारण जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ । ६ मध्ये ३ जना अन्य जिल्लाका संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : भाद्र ३१, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?