कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ट्रक जुध्दा चालकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकमा सोमबार बिहान दुई ट्रक ठक्कर खाँदा गम्भीर घाइते भएका एक चालकको उपचारका क्रममा मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार ना४प ८०११ नम्बर ट्रकका चालक बारा, परवानीपुरका २८ वर्षीय अजय साहको मृत्यु भएको हो ।

उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इच्छाकामना गाउँपालिका-५ मुग्लिननजिक खहरे पुलमा बिहान साढे ८ बजे उनको ट्रक काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रकसँग ठोक्किएको थियो । अर्को ट्रकका चालक दोलखा, जिरी-२ का ४० वर्गीय दाङ्गिमा शेर्पा पनि घाइते भएको डीएसपी थापाले बताए ।

त्यसै गरी ट्रकमा रहेका सिराहाका लालगुलाबी अन्सारी र चितवन इच्छाकामना गाउँपालिका-६ का भावी गुरुङ, बिमा गुरुङ र सुभद्रा गुरुङ पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । दुर्घटनापछि केही बेर बाटो पनि अवरुद्ध भएको थियो ।


प्रकाशित : भाद्र २९, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?