तामाङ घेदुङद्वारा लिदी पहिरोपीडितलाई साढे २५ लाख सहयोग

सिन्धुपाल्चोक — लिदीका पहिरोपीडितलाई नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले २५ लाख ५५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

तामाङ घेदुङद्वारा लिदी पहिरोपीडितलाई साढे २५ लाख सहयोग

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा सर्वस्व गुमाएका १ सय ७२ परिवारलाई ११ वटा वैदेशिक घेदुङबाट संकलित उक्त सहयोग रकम प्रदान गरिएको हो । नेपाल तामाङ घेदुङका सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बोका अनुसार बेल्जियम, जापान, दक्षिण कोरिया (ख्यङसान, बुसान), हङकङ, यूके, बहराइन, कतार, साइप्रस, मकाउ, मलेसियास्थित घेदुङका शाखाहरूबाट २२ लाख १२ हजार ४ सय ९५ रुपैयाँ सहयोग संकलन भएको थियो । यसबाहेक सिन्धुपाल्चोक र अन्यत्रबाट गरी ४ लाख ८९ हजार २ सय २५ रुपैयाँ सहयोग जुटेको स्याङ्बोले जनाए ।

‘यसमध्ये २५ लाख ५५ हजार लिदीवासीलाई सुम्पिएका छौं भने १ लाख जुगल–१ बराम्चीमा भीरबाट लडेर मृत्यु भएकी गर्भवतीको परिवारलाई दिनेछौं,’ उनले भने । बचेको केही रकम लिदीवासीलाई अन्य सहयोग गर्न घेदुङकै कोषमा सुरक्षित राखिएको उनको भनाइ छ ।

लिदी पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई जनही ६० हजार, आवास भत्किएकालाई ३२ हजार र अन्य १ सय ४१ परिवारलाई १० हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको छ ।

प्रकाशित : भाद्र २७, २०७७ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?