मकवानपुरका बजारहरु दुईचरणमा खोलिने

सुवास विडारी

मकवानपुर — मकवानपुरमा बजार खुल्ने समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बिहान बसेको सर्वपक्षीय बैठकले दुई चरणमा खोल्ने गरी बजार खुल्ने समय बढाएको हो ।

यसअघि बिहान ५ बजेबाट १० बजेसम्म बजार खुल्दै आएकोमा अब बिहान र दिउँसो गरी २ समयमा मकवानपुरमा व्यवसायहरु खुल्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने बिहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछन् ।

बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछन् । प्रशासनले निजी सवारीलाई जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागु हुने बताइएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही क्षेत्र भने अर्को सूचना नभएसम्म सञ्चालन नहुने जनाएको छ । प्रशासनले शैक्षिक संस्था, धार्मिक एवं सामाजिक स्थल, सैलुन, पार्लर, स्वीमिङ पुल, सपिङ मल, जिमखाना लगायतका क्षेत्र अर्को सूचना नभएसम्म सञ्चालन नहुने जनाएको छ ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलगाईका अनुसार मकवानपुरमा बुधबार १५ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : भाद्र २४, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?