उपत्यका प्रवेश नाका साँगामा ८ सशस्त्रमा मंगलबार कोरोना पुष्टि - वाग्मती - कान्तिपुर समाचार

उपत्यका प्रवेश नाका साँगामा ८ सशस्त्रमा मंगलबार कोरोना पुष्टि 

नगेन्द्र अधिकारी

काभ्रे — उपत्यका प्रवेश गर्ने प्रमुख नाका साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिन थोलेको छ । नाकामा खटिएका ८ जना सशस्त्र प्रहरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । 

भदौ १८ गते साँगामा नै खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सशस्त्र प्रहरी बल १५ नम्वर गण पाँचखालको टोली अस्थायी पोष्ट बनाएर साँगामा खटिएको छ ।

हालसम्म जिल्लाका ४० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संघीय प्रहरी इकाई वाग्मतीका १९, जिल्ला प्रहरी कार्यलयमा कार्यरत ३ प्रहरी, नेपाली सेनाको शान्ति कार्य तालिम केन्द्रका ५ सहित ८ सैनिक र १० सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित : भाद्र २३, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार बानियाँको परिवारलाई आर्थिक सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाबासी नेपालीहरुले संकलन गरेको साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

न्युयोर्कमा बस्ने राधाकृष्ण देउजाले कान्तिपुरकर्मी बानियाँको मृत्युलगत्तै 'गो फन्ड' मार्फत एक सातामा ३ लाख ५७ हजार एक सय ६७ रुपैयाँ सहयोग संकलन गरेका थिए । सो रकम मंगलबार बानियाँको परिवारलाई हस्तान्तरण गरिएको हो ।

बानियाँको पेशागत इमानदारीको सम्मानस्वरुप सहयोग संकलन भएको देउजाले बताए । उनले बानियाँका छोराछोरीको शैक्षिक यात्रामा आर्थिक अवरोध आएको खण्डमा आफू थप सहयोग जुटाउन तयार भएको पनि बताए ।

प्रकाशित : भाद्र २३, २०७७ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×