३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नुवाकोट दुप्चेश्‍वरको सिसिपुमा पहिरो

कृष्ण थापा

नुवाकोट — अबिरल वर्षापछि जिल्लाको दुप्चेश्वर गाउँपालिका १ सिसिपुमा पहिरो गएको छ । मंगलबार गएको पहिरोले स्थानीयका गोठ पुरिएर ५ वटा भैंसी मरेको गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिए ।

नुवाकोट दुप्चेश्‍वरको सिसिपुमा पहिरो

उनका अनुसार पहिरो स्थलमा प्रहरी र स्थानीय उद्धारका लागि खटिएका छन् ।

पहिरो बग्ने क्रम चलिरहेको र दुगर्म स्थानमा भएकाले पहिरोको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको अध्यक्ष तामाङले बताए । उक्त क्षेत्रमा फोन सम्पर्क गर्न समेत लाग्न समस्या छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जोखिमयुक्त बस्तीको तथ्यांकअनुसार सिसिपुमा १ सय ३ घर छन् । उक्त वडाको निगाले, बेप्चो, काउले, सेजुङ र नेगी जोखिमयुक्त बस्ती हुन् ।

यसअघि गाउँमाथिको ठूलो ढुंगा खस्ने डरले गाउँपालिका १ नेगीका ३२ धुरीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

प्रकाशित : भाद्र २३, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?