१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हेलिकप्टरबाट नवजात शिशुको उद्धार

अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका २ इचोकको बर्थिङ सेन्टरमा आइतबार जन्मिएको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ । 

हेलिकप्टरबाट नवजात शिशुको उद्धार

हेलम्बु १ की ३१ वर्षीया फुर्पा डोल्मा शेर्पाको नवाज शिशुलाई स्वास्थ्यकर्मीको सल्लाहनुरुप तत्कालै हेलिकप्टरबाट थप उपचारर्थ पठाइएको हो । लामो समयसम्म व्यथा लागेर आइतबार बिहान ९ बजेर ५ मिनेट जाँदा फुर्पाले जन्माएकी शिशुलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

एम्बुलेन्सबाट लैजान ढिलो हुने देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘बच्चा जन्मिएको केही समयमै यस्तो समस्या देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लियौं, एम्बुलेन्सबाट लैजाँदा ढिलो हुने भएपछि हेलिकप्टर बोलाएर कान्ति बाल अस्पताल पठायौं,’अध्यक्ष शेर्पाले भने ।

दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेकाहरुको सरकारले नि:शुल्क उद्धार गरी अस्पताल पुर्‍याउने भए पनि बच्चाको उद्धार नर्गर्ने भएकाले गाउँपालिकाको खर्चमा कैलाश हेलिकप्टरबाट काठमाडौं लगिएको उनले प्रष्ट्याए ।

प्रकाशित : भाद्र २१, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?