चन्द समूहका नेता शर्मा प्रहरी नियन्त्रणमा

रमेशकुमार पौडेल

चितवन — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका केन्द्रीय नेता अनिल शर्मा विरहीलाई चितवन प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको छ । शर्मालाई गएको वैशाखमा चितवन प्रहरीले उपचारको क्रममा भरतपुरको एक अस्पतालबाट नियन्त्रणमा लिएको थियो ।

चितवन जिल्ला अदालतले उनलाई जेठ १८ मा साधरण तारेखमा छाडेको थियो । त्यसपछि उनी भरतपुर अस्पतालमै उपचार गराइरहेका थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक सूर्य थापाले धनुषा प्रहरीलाई बुझाउन शर्मालाई नियन्त्रणमा लिएको बताए ।

‘उहाँ विरुद्ध धनुषा प्रहरीमा पनि उजुरी रहेछ । धनुषा प्रहरीको आदेश अनुसार उतै पठाउनका लागि चितवन प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको ह,’ डीएसपी थापाले भने ।

यसअघि लडेर ढाडमा चोट लागेका कारण उपचार गराउन आएका बेला बैशाख २३ मा चितवन प्रहरीले शर्मालाई गिरफ्तार गरेर राज्य विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित : भाद्र २०, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?