१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मकवानपुरमा थप २२ जनालाई कोरोना पुष्टि

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र २२ जना कोरोना संक्रमित मकवानपुरमा थपिएका हुन् ।

मकवानपुरमा थप २२ जनालाई कोरोना पुष्टि

हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २० जना हेटौंडा उपमहानगरभित्रका, १ जना मकवानपुरगढी–३ बस्ने १ जना र बारा स्थायी ठेगाना भई मकवानपुरमा बस्दै आएका १ जना रहेको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

उनीहरुको भदौ १५ गते स्वाब संकलन गरिएको थियो । कूल एकसय ४० जनाको स्वाब परीक्षण गर्दा सात महिला र १५ जना पुरुषमा कोरोना पुष्ष्टि भएको चौलागाईंले बताए ।

उनका अनुसार संक्रमित सबैलाई हेटौंडा–६ गौरीटारमा रहेको आइेसोलेसनमा ल्याउने तयारी भइरहेको छ । मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ७६ पुगेको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?