कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा युवक पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने  बकैया गाउँपालिकाका युवकलाई सोमबार पक्राउ गरिएको हो ।

बलात्कार आरोपमा युवक पक्राउ

पक्राउ पर्नेमा बकैया गाउँपालिका–६, ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए । उनका अनुसार स्थानीय एक महिलालाई बलात्कार गरेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो । रुम्बालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।

प्रकाशित : भाद्र १५, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?