१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चितवनमा चार दिनमा ४ जना काेराेना संक्रमितकाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — शनिबार बेलुका साढे सात बजे ६५ वर्षीया संक्रमित महिलाको निधन भएको छ । मकवानपुर हेटौंडा–३ घर भएकी उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उनी उपचारका लागि साउन ३२ गते सो अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए । सोही अस्पतालमा बिहीबार राति साढे १० बजे हेटौंडा–४ का ५६ वर्षीय पुरुषको निधन भएको थियो । उनमा पनि संक्रमण पुष्टि भएको थियो ।

चितवनमा चार दिनमा ४ जना काेराेना संक्रमितकाे मृत्यु

चितवनमा भदौ २ गतेयता चार दिनमा चारजना संक्रमितको ज्यान गएको छ । तीमध्ये दुईजना चितवनकै हुन् भने दुईजना उपचारका लागि भरतपुर आएका मकवानपुर हेटौंडाका व्यक्तिहरु हुन् । चितवनमा जेठ २७ गते पहिलो पटक भरतपुरका एकजना ६८ वर्षीय संक्रमित व्यक्तिको निधन भएको थियो । हालसम्म ६ जना संक्रमितको मृत्यु भएको चितवनमा भदौ २ गतेसम्म निधन हुने संक्रमितको संख्या जम्मा दुई थियो ।

पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा दुईजनाको निधन भएसँगै चितवनमा मृत्यु हुने संक्रमितको कुल संख्या ६ पुगेको हो । जसमध्ये तीनजना चितवनकै छन् भने बाँकी तीनजना चितवन बाहिरका हुन् । बिहीबार दिउँसो भरतपुर अस्पतालमा उपचार भइरहेका रत्ननगर–१३ का ६५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । भदौ २ गते निधन भएकी खैरहनी–३ की १०८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको थियो ।

जेठ २७ पछि चितवनमा असार १३ गते एकजना संक्रमितको ज्यान गएको थियो । उनी कैलालीबाट उपचारका लागि भरतपुर आएका व्यक्ति थिए । त्यसपछि एकै पटक भदौ २ मा संक्रमितको ज्यान गएको हो । साउन २१ गतेयता चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र भएको छ । संक्रमितको संख्या सवा तीन सय पुगेको छ । साउन २१ सम्म जम्मा ११६ जना थिए । संक्रमण मुक्त हुनेहरु १२० पुगेको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?