सिन्धुलीका ९ वटै तहमा निषेधाज्ञा

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा कोभिड–१९ को संक्रमण बढेसँगै नौ वटै स्थानीय तहले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेर निषेधाज्ञा जारी गरेका छन् ।

सिन्धुलीका ९ वटै तहमा निषेधाज्ञा

कमलामाई नगरपालिका, घ्याङलेख, मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकाले दुई सातासम्म निषेधाज्ञा गरेका छन् भने दुधौली, नगरपालिका, गोलन्जोर, तीनपाटन र फिक्कल गाउँपालिकाले एक सातासम्म लकडाउन गरेका छन् ।

दुई साता निषेधाज्ञा गर्ने स्थानीय तहहरुले सातदिन गुजारी सकेर पुन: जारी गरेका हुन् । संक्रमितको कन्ट्याक ट्रेसिङको अवस्था भयावह बन्दै गएकाले सबै स्थानीय तहले समन्वय गरी लकडाउन गरेको प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । अत्यावश्यक सरसामान आयात, निर्यात र राष्ट्रिय राजमार्ग भने संचालनमा रहेको उनको भनाइ छ ।

सिन्धुलीमा कोरोना भाइरस संक्रमित १६ जनाको कमलामाइ नगरपालिका ६ को राम्माडीमा रहेको एपोलो हस्पिटलको आइसोलेसनमा उपचार भइरहेको छ भने एकजना सिन्धुली अस्पतालमा छन् । १२ जना संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?