कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ४६ संक्रमित

रमेशकुमार पौडेल

चितवन — सशस्त्र प्रहरीको चितवन भण्डारास्थित गणका ४२ प्रहरीसहित जिल्लामा एकै दिन ४६ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाले सोमबार राति थप संक्रमितको संख्या सार्वजनिक गरेको हो । 

चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ४६ संक्रमित

प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० वटामा संक्रमण भेटिएको थियो । तीमध्ये राप्ती नगरपालिका–६ को प्रहरी क्वारेन्टाइनका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् । बाँकी मकवानपुरकी एक महिला, बाराका एक महिला र पुरुष तथा गोरखाकी एक महिला हुन् । उनीहरू भरतपुरकै अस्पतालहरूमा उपचार गराउन आएका बिरामी हुन् ।

चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । ‘पहिले आठ जनामा संक्रमण भेटिएपछि ६० जनाको स्वाब संकलन गरेर पठाएकोमा थप ४२ जनामा संक्रमण भेटियो,’ गणका प्रमुख डीआईजी मन्दिप श्रेष्ठले भने ।

अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ । भरतपुरको सरकारी अस्पतालमका बेडहरू भरिइसकेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताएका छन् । उनका अनुसार सोमबारसम्म मात्रै अस्पतालबाहिर ३० संक्रमित ‘होम आइसोलेसन’मा छन् ।

प्रकाशित : भाद्र २, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?