१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्वाब दिएर गाउँ पुगेका युवकबाट थप ४ जनामा संक्रमण

काभ्रे — कोरोना जाँचका लागि स्वाब दिएपछि समुदायमा घुलमिल भएका एक युवकबाट अन्य चारमा पनि संक्रमण सरेको पाइएको छ । ती युवाको प्रत्यक्ष सम्पर्कमा आएकामध्ये थप ४ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

स्वाब दिएर गाउँ पुगेका युवकबाट थप ४ जनामा संक्रमण

काठमाडौंको एक कुरियर कम्पनीमा काम गर्ने भुम्लु–६ का १९ वर्षीय युवक स्वाब दिएर गाउँ फर्किएका थिए । साउन २६ मा कोरोना देखिएपछि स्वास्थ्य कार्यालय काभ्रेमार्फत सम्पर्क गर्दा उनले समुदायमा धेरै घुलमिल गरिसकेका थिए । तिनै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका २९ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

‘उनको रिपोर्टबारे मलाई जानकारी आएपछि मान्छे खोज्न थाल्यौं । निकै गाह्रो भयो,’ स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भने, ‘त्यतिन्जेलमा धेरैको प्रत्यक्ष सम्पर्कमा आइसकेछन् । उनीहरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भयो ।’

स्थानीयका अनुसार ती संक्रमित युवक स्थानीयसँग तास खेल्ने, डुल्ने, मदिरा, चिया पसललगायतका जमघटमा जाने गरेका थिए । संक्रमित युवकले सही विवरण नदिँदा ट्रेसिङमा समस्या भएको भुम्लु गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले बताए । ‘संक्रमितले सही विवरण नै दिएनन् । कहिले भारतबाट आएको कुरा आउँछ, केही काठमाडौंबाट नै आएको कुरा गर्छन्,’ उनले भने, ‘काठमाडौंबाट बोलेरो रिजर्भ गरेर गाउँ आएको जानकारीपछि स्वाब संकलन गर्दा ४ जना गाउँलेमा संक्रमण पाइयो ।’

प्रकाशित : भाद्र १, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?