१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुखको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।

वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना

उनीसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । नुवाकोटा जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो ।

‘वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । उहाँसहित सचिवालयको सबैको स्वाब परीक्षण गरिएको थियो ।’ सचिवालयले भनेको छ । सचिवालयले उपसभामुखको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले समुदायलाई कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्न समेत आग्रह गरेको छ । उनको वडाअध्यक्षसँग साउन १७ गते भेटघाट भएको थियो ।

मकवानपुर जिल्लामा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रकाशित : भाद्र १, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?