सिन्धुलीमा थपिए १३ जना कोरोना संक्रमित

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न किटजन्य प्रयोगशाला हेटौंडा पठाइएकोमा शुक्रबार १३ जनामा कोरोना पुष्टि भएको हो । 

सिन्धुलीमा थपिए १३ जना कोरोना संक्रमित

स्वास्थ्य प्रमुख जितेन्द्र साहका अनुसार कोरोना पुष्टि भएकाहरुमध्ये विदेशबाट आएर कमलामाई नगरपालिका–६ मझिटारस्थित क्वारेन्टाइनमा बस्दै आएका २१ देखि ३६ वर्षभित्रका ७ जना पुरुष हुन् । तीमध्ये ४ जना कमलामाई नगरपालिकाका र ३ जना तीनपाटन गाउँपालिकाका रहेका छन् ।

बाँकी संक्रमितमध्ये नेपाली सेनाको पर्यावरण गण रानीबास र सदरमुकामस्थित ब्यारेकमा कार्यरत ३५ र ३६ वर्ष उमेरका दुई जना सैनिक रहेका छन् । त्यस्तै कमलामाई नगरपालिका–७ का १८ वर्षीय एक पुरुष, सिन्धुली अस्पतालमा कार्यरत कर्मचारी कमलामाई नगरपालिका –५ का ३५ वर्षीया महिला रहेको उनले जानकारी दिए । त्यस्तै कन्ट्याक ट्रेसिङबाट निगरानीमा परेका महोत्तरीका दुईजना पुरुष कोरोना भाइरस संक्रमित रहेका छन् । योसहित सिन्धुली जिल्लामा कोरोना संक्रमित बिरामीको सङख्या ३३ पुगेको कार्यालयले जनाएको छ ।

संक्रमितलाई उपचार गर्न सिन्धुली अस्पतालमा आइसोलेसन बेड आठवटा मात्रै रहेको र बाँकी बेड कमलामाई–६ को राम्माडीस्थित एपोलो हस्पिटलमा बनाउन सुरु गरिएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए । राम्माडीमा २५ बेडको आइसोलेसन बनाउन सुरु गरिएको उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?