चितवनको भरतपुर महानगरमा एक हप्ता लकडाउन

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाभित्र शुक्रबार मध्यरातबाट एक हप्ता लकडाउन हुने भएको छ । 

चितवनको भरतपुर महानगरमा एक हप्ता लकडाउन

चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाले यस्तो निर्णय लिएको हो । शुक्रबार महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक बसेर लकडाउन गर्ने निर्णय भएको भरतपुर–१० का वडाध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।

‘संक्रमण तीव्र भएसँगै यस्तो निर्णय लिएको हो । लकडाउन पहिला पनि भएको हो । तर पहिलाको भन्दा पनि पालनाका हिसाबले कडिकडाउ गर्ने गरेर यो हप्ता भरतपुरमा लकडाउन हुने भएको छ’ प्रवक्ता भण्डारीले भने ।

चितवनमा साउन २१ यता कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबारसम्म जिल्लाभर संक्रमितको संख्या १६४ पुगेको छ । यीमध्ये ४८ जना साउन २१ यता मात्रै संक्रमित भएका हुन् । बजार, बैंक, अस्पताल, प्रहरी जताततै संक्रमण पुगेको छ । जिल्लाको आधा क्षेत्रफल र जनसंख्या रहेको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?