कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हेटौंडा औद्योगिक क्षेत्रमा दुई ट्रक जले

सुवास विडारी

मकवानपुर — हेटौंडा औद्योगिक क्षेत्रमा शुक्रबार बिहान रोकेर राखिएका दुईवटा ट्रक जलेर क्षतिग्रस्त भएका छन् । मकै लोड गरिएका ना५ख ६५०३ र ना६ख ७८२६ नम्बरका ट्रक जलेका हुन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा दुई ट्रक जले

ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको अनुमान प्रहरीले गरेको छ । ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार यान्त्रिक गडबडीबाट आगलागी भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने ।

हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक कार्यालयका कर्मचारीको प्रयासमा आगो निभाइएको उनले जानकारी दिए । आगलागीबाट दुवै ट्रक क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?