मकवानपुरमा एकैदिन ५२ जनामा कोरोना संक्रमण

सुवास विडारी

मकवानपुर — मकवानपुरमा बिहीबार साँझ थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान मात्र ३७ जनालाई कोरोना पुष्टि भएको थियो ।

मकवानपुरमा एकैदिन ५२ जनामा कोरोना संक्रमण

मकवानपुरमा एकैदिन हालसम्मकै सबैभन्दा बढी ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

हेटौंडा–१० किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट साँझ आएको रिपोर्ट अनुसार मकवानपुरका थप १५ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । हेटौंडा–४ स्थित कर्राको श्रमिक माविमा रहेको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंका अनुसार अहिले फेला परेका संक्रमित मध्ये १३ जना हेटौंडा उपमहानगरपालिका र दुईजना मकवानपुरगढी गाउँपालिकाको रहेका छन् ।

बिहीबार बिहान हेटौंडा– ९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा– २ का १ जना, हेटौंडा– १० का १ जना, हेटौंडा– १३ का १ गरी हेटौंडा उपमहानगरपालिका भित्र १८ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टी भएको थियो ।

प्रकाशित : श्रावण २९, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?