ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

सुवास विडारी

मकवानपुर — मकवानपुरको हेटौंडा–३ स्थित बसामाडीको तीनताप्केमा अटो र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एकजना चालक घाइते भएका छन् ।

ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत् तीनताप्केमा बिहीबार मध्याह्न भएको सवारी दुर्घटनामा मृत्यु हुने २ जना पुरुष रहेको र अझै सनाखत हुन सकेको छैन । बसामाडीबाट नेवारपानीतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रकमा भित्रिरोडबाट राजमार्गतर्फ आउँदै गरेको ना २ ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारका लागि चुरेहिल अस्पतालमा ल्याएकोमा २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

घाइते अटो चालक मनहरी गाउँपालिका–५ बसन्तपुर बस्ने ४७ वर्षीय ठूलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा चोट रहेको मकवानपुर प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?