कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मकवानपुरमा दस जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

सुवास विडारी

हेटौंडा — बिहीबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा दस जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा दस जना प्रहरीसहित ३७ जनामा कोरोना देखिएको हेटौंडा–४, कर्राको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १, १० का १ र १३ का १ गरी उपमहानगरभित्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताए ।

पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । विशेष गरी प्रहरी, बारा, पर्सा तथा रौतहटबाट मकवानपुर आएकाहरुमा कोरोना संक्रमण पाइएको छ । ‘अहिले भेटिएको संक्रमितहरु प्राय: सबै लक्षणसहितका बिरामी रहेका छन्,’ चौलागाईंले भने ।

प्रकाशित : श्रावण २९, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?