२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

धादिङका कोरोना संक्रमितको मृत्यु भएपछि जिल्ला सदरमुकाममा लकडाउन

हरिहरसिंह राठौर

धादिङ — सदरमुकामकै सिरानबजारका ३९ वर्षीय  होटल व्यवसायीको मृत्यु पछि कोरोना संक्रमण पुष्टिभएपछि जिल्ला सदरमुकाम पुन: लकडाउन गरिएको छ ।

धादिङका कोरोना संक्रमितको मृत्यु भएपछि जिल्ला सदरमुकाममा लकडाउन

नीलकण्ठ नगरपालिका १४ छाप निवासी ती व्यवसायी बस चालेक समेत थिए । लकडाउन खुकुलो भएपछि उनी दैनिक जसो धादिङ काठमाडौं सिमाना खत्री पौवासम्म यात्रु ओसार्ने गरेका थिए ।

कमलपित्त लगायत रोगको उपचार गराइ रहेका उनलाई आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पताल काठमाडौंमा भर्ना भएका थिए । मंगलबार उनको कोरोनाका कारण अस्पतालमै मृत्युभएपछि सेनाको टोलीले शव व्यवस्थापन गरेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले बताए ।

बुधबार बिहान बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितीको बैठकले सदरमुकाम लकडाउन गर्ने निर्णय गरेको हो ।

एक हप्ताको अवधीमा धादिङ सदरमुकाममा ५ जना र जिल्लाका अन्य स्थानमा १० जनालाई कोरोना संक्रमण देखिएपछि जिल्ला सदरमुकाम एक हप्ताका लागि पूर्ण बन्द गर्ने निर्णय भएको भण्डारीले बताए ।

प्रमख जिल्ला अधिकारी अस्मान तामाङले भदौ ३ गतेसम्मका लागि अत्यावसकीय सेवा बाहेक सेवाग्राहीको भीड हुने अन्य सबै सार्वजनिक सेवाहरु बन्द गर्ने निर्णय गरिएको बताए ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा २५ जना कोरोना संक्रमित देखिएको छ । ती मध्ये जिल्लाको आइसोलेसनमा १२ जना मात्रै रहेका र अन्य १३ जना राजधानीतिरै उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत डा भुवन पौडेलले बताए ।

पृथ्वीराजमार्गको गल्छी बजारमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त बजार एक हप्तालाई सिल गरिएकोछ । आदमघाट बजारमा एक जनालाई संक्रमण देखा परेपछि गत हप्ता देखि बजार बन्द गरिएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?