कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

हेटौंडामा पोखरीमा डुबेर एक बालकको मृत्यु

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तिस्थित पोखरीमा डुबेर मंगलबार बिहान डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

नयाँबस्ती घर भएका स्थानीय अस्मिन थिङको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । खेल्ने क्रममा पोखरीमा डुबेर बालकको मृत्यु भएको जनाइएको छ ।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा मंगलबार नै एक जनाको शव फेला परेको छ । हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा एक पुरूषको शव फेला परेको हो ।

फोहोर सफा गर्ने क्रममा वाग्मती खोलाले बगाइ ल्याएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि हेटौंडा ल्याउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?