कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिन्धुली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

राजकुमार कार्की

सिन्धुली — संक्रमितको संख्या बढेसँगै सोमबारबाट सिन्धुली अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । अस्पतालकै कर्मचारीका बाबुमा कोरोना देखिएपछि आपत्कालीनबाहेकका सेवा बन्द गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न थालिएको अस्पताल व्यवस्थापक विमलकुमार श्रेष्ठले बताए ।

सिन्धुली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

आइतबार वन तथा पर्यावरण गण रानीवासका ४ सैनिकसहित ७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार अन्य संक्रमितमा तीनपाटन गाउँपालिका–४, सिन्धुलीमाढी र कमलामाई–९ का एक–एक जना छन् ।

तीमध्ये एक जना जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका बाबु हुन् भने अन्य दुई जना भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका थिए । यीसहित अहिलेसम्म सिन्धुलीमा ३२ जनामा कोरोना पोजिटिभ देखिएको छ । २२ जना उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : श्रावण २६, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?